Daniel 12:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मानिसहरू पवित्र, निष्कलङ्क र निर्मल पारिनेछन्। दुष्टहरूले केही बुझ्नेछैनन् र दुष्ट काम गरि नै रहनेछन्। ज्ञानीहरूले मात्र यी कुरा बुझ्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन् र खारिनेछन्, तर दुष्टहरूचाहिँ दुष्ट काम गर्दैजानेछन्। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्हरूले बुझ्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै जना शुद्ध पारिनेछन्, निष्खोट बनाइनेछन् र स्वच्छ हुनेछन्, तर दुष्टहरूले चाहिँ दुष्ट काम नै गर्नेछन्। दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैनन्, तर बुद्धिमान्हरूले चाहिँ बुझ्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै जनाले आफूलाई पवित्र पार्नेछन् तर दुष्टहरूले चाँहि दुष्ट्याँई गरिनैरहने छन् र तिनीहरू मध्येका कसैले पनि बुझ्न सक्ने छैनन्। ज्ञानी शिक्षकहरूले मात्र बुझ्नेछन्।