Daniel 12:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले मलाई भने, “हे दानिएल, अब पुस्तक बन्द गर र संसारको अन्त्य नआइन्जेल त्यसलाई मोहोर-छाप लाएर राख। त्यो समयमा धेरै जनाले आफ्नो ज्ञान बढाउन व्यर्थमा दौड-धूप गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीचाहिँ, हे दानिएल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्तको समयसम्म बन्द गरी मोहोर लगाएर राख। धेरै जना ज्ञान बढ़ाउनलाई यता र उता जानेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हे दानिएल, तिमीले यस मुट्ठाका वचनहरूलाई अन्तको समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरेर राख। धेरै मानिसहरू ज्ञानको वृद्धि गर्नलाई यताउता जानेछन्।”
Nepali ERV (पवित्र बाइबल)
“‘तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँचो ज्ञान बढ्नेछ।’