Daniel 2:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाका अङ्ग-रक्षकका हाकिम अर्योकलाई प्राण-दण्ड दिने हुकुम दिएको थियो। दानिएल अर्योककहाँ गए र बडो होशियार भई बुद्धिमानीपूर्वक उनीसँग कुरा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब राजाका अङ्गरक्षकका कप्तान अर्योक बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न निस्के, दानिएलले बुद्धिमानी र बड़ो निपुणतासाथ उनलाई प्रश्न गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब राजाका अङ्गरक्षक सेनापति अर्योक, बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्नका निम्ति गएका थिए, तब दानिएलले अर्योकसित अति बुद्धिमानीसाथ र विवेकशील कुरा गरे।
Nepali ERV (पवित्र बाइबल)
अर्योक बाबेलका बुद्धिमानी मानिसहरूलाई मार्न तयार थिए। तर दानियलले राजाका सेनापति अर्योकसित कुरा-कानी गरे। दानियलले अर्योकसित बुद्धिमानी कुरा गरे।