Daniel 2:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरा पिता-पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई प्रशंसा गर्छु, म तपाईंलाई आदर दिन्‍छु, तपाईंले नै मलाई बल र बुद्धि दिनुभएको छ। तपाईंले मलाई प्रार्थनाको उत्तर दिनुभएको छ र तपाईंले राजाहरूलाई भन्‍नुपर्ने कुरा हामीलाई प्रकट गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा पिता-पुर्खाका परमेश्‍वर, तपाईंलाई म धन्‍यवाद दिँदछु र तपाईंको प्रशंसा गर्दछु, तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले मागेको कुरा तपाईंले मलाई प्रकट गर्नुभयो, तपाईंले हामीलाई राजाको सपना प्रकट गर्नुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा पितापुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्यवाद चढाउँछु र तपाईंको प्रशंसा गर्दछु: तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, हामीले तपाईंसित मागेको कुरा मलाई प्रकट गरिदिनुभएको छ; अनि तपाईंले हामीलाई राजाको सपना जान्‍न दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
हे मेरो पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, अनि तपाईंको गुणगान गाउँछु। तपाईंले नै मलाई ज्ञान र शक्ति दिनुभयो। जुन कुरा हामीले सोध्यौं त्यसको रहस्य तपाईंले नै बताउँनु भयो। तपाईंले हामीलाई राजाको सपनाको विषयमा बताउँनु भयो।”