Daniel 2:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्योकले तुरुन्तै दानिएललाई राजा नबूकदनेसरका अघि हाजिर गरे र भने, “महाराज मैले एक जना यहूदी कैदीलाई भेटेको छु, जसले हजुरको सपनाको अर्थ हजुरलाई बताउन सक्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अर्योकले दानिएललाई तुरुन्तै राजाकहाँ लगे र भने, “यहूदाबाट आएका प्रवासीहरूमध्ये एक जना मानिसलाई मैले भेट्टाएको छु, जसले राजालाई सपनाको अर्थ बताउन सक्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्योकले तुरुन्तै दानिएललाई राजाकहाँ लगेर भने, “मैले यहूदाबाट निर्वासित भएकाहरूका बीचमा एक जना मानिस भेट्टाएको छु, जसले सपनाको अर्थ राजालाई बताइदिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अर्योकले तुरन्तै दानियललाई राजाकहाँ लिएर गयो अनि राजालाई भन्यो, “यहूदाको बन्दीहरू मध्ये मैले एकजना यस्तो मानिसलाई खोजें जसले राजाको सपनाको अर्थ बताउँन सक्छ।”