Daniel 2:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हजुर सुत्‍नुभएको बेला भविष्‍यको बारेमा हजुरले सपना देख्‍नुभयो र रहस्‍य खोलिदिनुहुने परमेश्‍वरले पछि के हुने हो, सो हजुरलाई देखाइदिनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे महाराजा, हजूर ओछ्यानमा ढल्‍किरहनुभएको बेला हजूरको मन भविष्‍यमा के हुने होला भन्‍ने तर्फ गयो, र रहस्‍य प्रकट गर्नुहुनेले भविष्‍यमा हुने कुरा देखाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे महाराजा, तपाईं त्यहाँ ढल्किरहनुभएको बेला तपाईंको मनमा आउने कुराहरूतिर लाग्यो; अनि रहस्यमय कुराहरू प्रकट गर्नुहुनेले तपाईंलाई भविष्यमा हुने कुराहरू देखाइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
हे राजा, तपाईं आफ्नो ओछ्यानमा सुतिरहनु भएको थियो। तपाईंले भविष्यमा घट्ने घटनाको विषयमा सोचिरहनु भएको थियो। परमेश्वरले मानिसहरूलाई रहस्यपूर्ण विषयमा बताउन सक्नुहुन्छ। त्यसैकारण उहाँले भविष्यमा जे घट्नेवाला छ, त्यो दर्शाई दिनु भयो।