Daniel 2:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“महाराज, दर्शनमा हजुरले आफ्नो अघि एउटा चहकिलो र चम्किलो, हेर्दा डरलाग्दो विशाल मूर्ति देख्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे महाराजा, हजूरले हेरिरहनुहुँदा एउटा ठूलो सालिक उभिएको देख्नुभयो। यो सालिक विशाल र अत्यन्तै चहकिलो देखिन्थ्यो र त्यसको रूप भयानक थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे महाराजा, तपाईंले हेरिरहनुहुँदा तपाईंको अगाडि एउटा ठूलो मूर्ति खडा भएको देख्नुभयो—त्यो मूर्ति विशाल ठूलो र अत्यन्तै चहकिलो देखिन्थ्यो; अनि त्यसको स्वरूप भयानक थियो।
Nepali ERV (पवित्र बाइबल)
“हे राजा, तपाईंको सपनामा एउटा ठूलो मूर्ति आफ्नो छेउमा उभिएको देख्नु भयो जो चम्किरहेको थियो अनि साह्रै आर्कषक थियो। यसको रूप डरलाग्दो थियो।