Daniel 2:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरले हेरिरहनुहुँदा पहराबाट एउटा ठूलो ढुङ्गा मानिसले नछोई आफैं फुटेर आयो र मूर्तिको फलाम र माटोले बनेका खुट्टामा लाग्‍यो र त्‍यसले ती चकनाचुर पारिदियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूरले हेरिरहनुहुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो, तर मानिसको हातद्वारा होइन। यसले त्‍यस सालिकका फलाम र माटोले बनेका खुट्टालाई हान्‍यो र ती चकनाचूर पारिदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले हेरिरहनुहुँदा एउटा चट्टानको ढुङ्गा काटिएर निस्क्यो, तर मानिसका हातले काटिएको थिएन। त्यो ढुङ्गा मूर्तिका फलाम र माटोका खुट्टामा बजारियो र तिनीहरूलाई टुक्रा-टुक्रा पारिदियो।
Nepali ERV (पवित्र बाइबल)
जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो।