Daniel 2:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले हजुरलाई मानिसले बास गरेको यो सारा पृथ्वी र यहाँ भएका सारा पशु-पक्षीहरूका शासक बनाउनुभएको छ। त्यो निखुर सुनको शिर हजुर नै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूरको हातमा उहाँले सारा पृथ्वीका मानिसहरू र पशुहरू र आकाशका पक्षीहरू दिनुभएको छ। जहाँ-जहाँ उनीहरू बस्छन्, उहाँले हजूरलाई उनीहरूमाथि अधिकार गर्न दिनुभएको छ। हजूर नै त्यो सुनको टाउको हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तपाईंको हातमा सबै मानव-जाति, मैदानका सबै जीवित पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू राखिदिनुभएको छ। तिनीहरू जहाँ-जहाँ बसे तापनि उहाँले तपाईंलाई तिनीहरू सबैमाथि शासक बनाउनुभएको छ। तपाईंचाहिँ त्यो सुनको शिरजस्तै हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ।