Daniel 2:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती शासकहरूका समयमा स्‍वर्गका परमेश्‍वरले एउटा कहिल्‍यै अन्‍त्‍य नहुने राज्‍य स्‍थापित गर्नुहुनेछ। त्‍यो राज्‍य कहिल्‍यै अरू जातिको हातमा जानेछैन; तर अरू राज्‍यहरूलाई पो त्‍यसले पूरा नष्‍ट गर्नेछ र त्‍यो राज्‍य आफैंचाहिँ सदाकाल रहिरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी राजाहरूको समयमा स्‍वर्गका परमेश्‍वरले एउटा राज्‍य खड़ा गर्नुहुनेछ, जुनचाहिँ कहिल्‍यै नष्‍ट हुनेछैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसले यी सबै राज्‍यहरूलाई चकनाचूर पार्नेछ र अन्‍त्‍य गर्नेछ, तर यो राज्‍यचाहिँ सदासर्वदा रहिरहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, त्यो राज्य कहिल्यै पनि नाश हुनेछैन, न त त्यो अरू जातिहरूलाई दिइनेछ। त्यो राज्यले ती सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरूको अन्त्य ल्याउनेछ, तर त्यो आफूचाहिँ सदासर्वदा रहिरहनेछ।
Nepali ERV (पवित्र बाइबल)
“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।