Daniel 2:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनले दानिएललाई एउटा उच्‍च दर्जा दिए, धेरै बहुमूल्‍य उपहारहरू दिए, बेबिलोन प्रदेशका शासक नियुक्त गरे र राजाका सबै सल्‍लाहकारहरूका प्रधान बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले दानिएललाई उच्‍च पदमा राखे र धेरै बहुमूल्‍य उपहारहरू दिए। उनले तिनलाई बेबिलोनका समस्‍त प्रदेशमाथि शासक बनाए र त्‍यहाँका सबै ज्ञानी पुरुषहरूका प्रधान तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाले दानिएललाई उच्‍च पदमा नियुक्त गरे, र तिनलाई धेरै बहुमूल्य उपहारहरू दिए। राजाले तिनलाई बेबिलोनको सम्पूर्ण प्रान्तका शासक बनाए, र तिनलाई देशका सबै बुद्धिमान् मानिसहरूका प्रधान तुल्याए।
Nepali ERV (पवित्र बाइबल)
यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।