Daniel 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[8-9] तब राजाले जवाफ दिए, “मैले सोचेकै जस्‍तै हुँदै छ, तिमीहरूले कुरा टारेर समय लिने चेष्‍टा गर्दै छौ किनभने सपनाको अर्थ बताएनौ भने मैले तिमीहरू सबैलाई एकै प्रकारको दण्‍ड दिने निश्‍चय गरेको छु भनी तिमीहरूले देखिसकेका छौ। तिमीहरूले आपसमा मलाई झूटो भनिरहने मतो गरेका छौ किनभने त्‍यसो गर्नाले समयमा कुरा फेरिनेछ भन्‍ने आशा गरेका छौ। सपना के थियो, मलाई बताओ। तब म जान्‍नेछु कि तिमीहरूले त्‍यसको अर्थ पनि मलाई बताउन सक्‍नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले जवाफ दिए, “म निश्‍चित छु कि तिमीहरूले मबाट समय लिएर टार्ने कोशिश गर्दैछौ, किनभने मैले के निर्णय गरिसकेको छु भनेर तिमीहरूलाई थाहा भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले भने, “म निश्‍चित छु, तिमीहरूले समय निकालेर टार्ने कोसिस गरिरहेका छौ; किनकि मैले यो दृढतापूर्वक निर्णय गरेको छु भनेर तिमीहरूले थाहा पाएका छौ।
Nepali ERV (पवित्र बाइबल)
राजाले जवाफ दिए, “म जान्दछु, कि तिमीहरूले समय नाश गरिरहेकाछौ। किनभने तिमीहरू जान्दछौ मेरो हुकुम त्यस्तै रहनेछ।