Daniel 3:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनी राजा साह्रै रिसाए र ती तीन जना मानिसहरूलाई आफ्नो अघि खडा गर्ने आज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रीसले चूर भएर नबूकदनेसरले शद्रक, मेशक र अबेद्नगोलाई ल्याउने हुकुम गरे। यसकारण यी मानिसहरू राजाकहाँ ल्याइए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब नबूकदनेसर रिसले चुर भएर शद्रक, मेशक र अबेद्नगोलाई ल्याउन आज्ञा गरे। यसकारण यी मानिसहरू राजाको सामु ल्याइए;
Nepali ERV (पवित्र बाइबल)
यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए।