Daniel 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब उप्रान्‍त जब तिमीहरू तुरही, सनई, वीणा, बाँसुरी, सारङ्गी र अरू बाजाहरूको सोर सुन्‍नेछौ, तब तुरुन्‍तै मूर्तिलाई ढोगेर पूजा गर। तर त्‍यसो गरेनौ भने तिमीहरू तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा फालिनेछौ। के तिमीहरूलाई बचाउन सक्‍ने अरू कोही देवता छ भनेर तिमीहरूले सोचेका छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यदि तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको आवाज सुन्‍ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्‍डवत्‌ गर्न तयार भयौ भने धेरै राम्रो हुनेछ। तर यदि तिमीहरूले यसलाई दण्‍डवत्‌ गरेनौ भने, तुरुन्‍तै दन्‍किरहेको आगोको भट्टीमा तिमीहरू फालिनेछौ। तब कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्‍ला?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब जुन समय तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्छौ, तब घोप्टो परेर मैले बनाएको मूर्तिलाई दण्डवत् गर्न तयार भयौ भने धेरै असल हुनेछ। तर यदि तिमीहरूले मूर्तिलाई दण्डवत् गरेनौ भने तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीभित्र फालिनेछौ। त्यस बेला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला?”
Nepali ERV (पवित्र बाइबल)
अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।”