Daniel 3:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भए र तिनको अनुहार रातो भयो। यसकारण तिनले आफ्ना मानिसहरूलाई भट्टीमा सधैँभन्दा सात गुणा ज्यादा आगो दन्काउन आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शद्रक, मेशक र अबेद्नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्लियो। उनले त्यस आगोको भट्टीलाई साधारणभन्दा सात गुणा चर्काउने हुकुम गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए।
Nepali ERV (पवित्र बाइबल)
यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो।