Daniel 3:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसरले अचम्म मान्दै अचानक उफ्रेर खडा भए। तिनले भारदारहरूलाई सोधे, “के हामीले तीन जनालाई बाँधेर आगोको भट्टीमा फालेका होइनौं?” तिनीहरूले जवाफ दिए, “हो महाराज! हामीले त्यसै गरेका थियौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि राजा नबूकदनेसरले आश्चर्यचकित हुँदै उफ्रेर आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले बाँधेर आगोमा फालेका तीन जना मानिसहरू होइनन् र?” उनीहरूले जवाफ दिए, “निश्चय नै हो, महाराजा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजा नबूकदनेसर आश्चर्यचकित हुँदै हतार-हतार आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले तीन जना मानिसहरूलाई बाँधेर आगोभित्र फ्याँकिदिएका होइनौँ र?” तिनीहरूले जवाफ दिए, “हजुर, हे महाराजा, अवश्य हो।”
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?” तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!”