Daniel 3:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले सोधे, “त्‍यसो भए, मैले कसरी त्‍यस आगोमा चार जना हिँडिरहेका देख्‍दै छु? तिनीहरूका बन्‍धन फुकेका छन् र तिनीहरूलाई कुनै पनि चोट-पटक लागेको छैन र चौथो व्‍यक्तिचाहिँ ईश्‍वरको छोराजस्‍तो पो देखिन्‍छ त!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँड़िरहेका देख्‍दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्‍छन्, र त्‍यो चौथोचाहिँ देवताहरूको पुत्रजस्‍तै देखिन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्‍का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्‍वरको पुत्रजस्तै देखिन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।”