Daniel 3:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण नबूकदनेसर दन्‍किरहेको भट्टीको ढोकानिर गए र ठूलो सोरले भने, “ए शद्रक, मेशक र अबेद्‌नगो! सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हो! बाहिर निस्‍केर आओ।” तिनीहरू तुरुन्‍तै भट्टीबाट निस्‍केर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब नबूकदनेसरले दन्‍किएको आगोको भट्टीको ढोका नजिक गएर चिच्‍च्‍याए, “हे शद्रक, मेशक र अबेद्‌नगो, सर्वोच्‍च परमेश्‍वरका सेवक हो, बाहिर निस्‍केर आओ।” तब शद्रक, मेशक र अबेद्‌नगो आगोबाट बाहिर निस्‍केर आए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि नबूकदनेसरले दन्किरहेको आगोको भट्टीको मुख नजिक गएर ठूलो सोरले बोलाए, “हे शद्रक, मेशक र अबेद्नगो, सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हो, बाहिर निस्क! यहाँ बाहिर आओ!” तब शद्रक, मेशक र अबेद्नगो आगोबाट बाहिर निस्केर आए;
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि नबूकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्नगो सर्वोच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।” त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए।