Daniel 3:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब म यो आज्ञा दिन्‍छु कि कुनै पनि जाति वा कुलका अथवा कुनै भाषा बोल्‍ने जुनसुकै मानिसले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको निन्‍दा गरेर बोल्‍यो भने त्‍यसलाई टुक्रै-टुक्रा पारिनेछ र त्‍यसको घर स्‍वाहा पारिनेछ। यसरी उद्धार गर्न सक्‍ने अरू कुनै ईश्‍वर छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म यो उर्दी दिँदैछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्‍ने मानिसहरूले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको विरुद्धमा केही भन्‍छन्‌ भने, उनीहरू टुक्रा-टुक्रा पारी काटिनेछन्‌ र उनीहरूका घर उजाड़ पारिनेछन्, किनभने यसरी कुनै पनि अर्को देवताले बचाउन सक्‍दैनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म यो आदेश दिँदछु: शद्रक, मेशक र अबेद्नगोका परमेश्‍वरको विरुद्धमा कुनै पनि कुरा भन्‍ने कुनै पनि जाति अथवा भाषाका मानिसहरू जो भए तापनि टुक्रा-टुक्रा गरी काटिनेछन्; अनि तिनीहरूका घरहरू ढुङ्गाका थुप्रोमा परिणत गरिनेछन्; किनकि अरू कुनै देवताले यसरी बचाउन सक्दैन।”
Nepali ERV (पवित्र बाइबल)
अब म हुकुम गर्दैछु, कुनै पनि मानिस जुन सुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्, जसले शद्रक मेशक अनि अबेद्नगोको परमेश्वरको निन्दा गर्ला त्यसलाई टुक्रा-टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैनन्।”