Daniel 3:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी ती बाजाहरूको सोर सुन्‍ने बित्तिकै सबै जाति-जाति, कुल-कुलका र विभिन्‍न भाषा बोल्‍ने मानिसहरूले घोप्‍टो परेर ढोगे र नबूकदनेसर राजाले खडा गरेका मूर्तिलाई पुजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्‍याउली-बाजा र सबै किसिमका बाजाहरूको स्‍वर सुन्‍ने बित्तिकै विभिन्‍न भाषा बोल्‍ने जाति-जातिका मानिसहरू सबैले घोप्‍टो परेर नबूकदनेसर राजाले स्‍थापना गरेको सुनको मूर्तिलाई दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्‍नसाथ विभिन्‍न भाषा बोल्नेहरू, जाति-जातिका मानिसहरू घोप्टो परे, र तिनीहरूले राजा नबूकदनेसरले खडा गरेको मूर्तिलाई दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण जब तिनीहरूले नरसिंङ्गा, बाँसुरी, सितार, साराङ्गी, मसक र अरू बाजा बजेको सुने, तिनीहरू निहुरिए अनि सुनको मूर्तिको पूजा गरे।