Daniel 4:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यसको ठुटाचाहिँ फलाम र काँसाका फित्ताले बाँधेर जमिनमा छोडिदे। त्‍यो मैदानमा घाँसको बीचमा रहोस्। “ ‘आकाशको शीत यो मानिसमाथि परोस् र त्‍यसले ती जनावरहरू र रूख-पातहरूसित बास गरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फलाम र काँसाले बाँधिएको त्‍यसका ठुटो र जराहरू जमिनमा, खेतको घाँसमा नै रहोस्‌। “आकाशको शीतले त्‍यसलाई भिजाओस्, र त्‍यो पशुहरूसँग पृथ्‍वीका बोट-बिरुवाहरूका बीचमा रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यस रूखको ठुटा र जराहरूचाहिँ फलाम र काँसाले बाँधिएको अवस्थामा मैदानका झारहरूसितै रहिरहोस्। “ ‘यसलाई आकाशका शीतले भिजाओस्, र यो पृथ्वीका बोटबिरुवाहरू र जनावरहरूका साथमा रहोस्।
Nepali ERV (पवित्र बाइबल)
तर त्यसको ठुटो चाँहि जरासितै जमीनमा नै रहोस्। अनि त्यही अवस्थामा फलामको अनि काँसको साङ्गलाले बाँधिएको होस्, अनि जङ्ली घाँसले पेट भरोस् आकाशको शीतले त्यसलाई भिजाओस् र र्खकमा बस्ने पशुहरूसित र रूखका पातसँग खेतमा रहोस्।