Daniel 4:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दानिएल, जसलाई बेलतसजर पनि भनिन्थ्यो, यति साह्रो तर्से कि केही बेर त तिनी बोल्नै सकेनन्। राजाले उनलाई भने, “ए बेलतसजर, सपना र त्यसको अर्थले तिमीलाई व्याकुल नपारोस्।” बेलतसजरले जवाफ दिए, “महाराज, यो सपना र त्यसको अर्थ हजुरलाई नभएर हजुरका शत्रुहरूलाई भए त हुनेथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानिएल (जसलाई बेलतसजर पनि भनिन्छ) केही बेरसम्म अत्यन्तै व्याकुल भए, र आफ्ना विचारहरूले तिनलाई भयभीत पारे। यसकारण राजाले भने, “हे बेलतसजर, सपना र त्यसको अर्थले तिमीलाई व्याकुल नपारोस्।” बेलतसजरले जवाफ दिए, “मेरा प्रभु, यदि यो सपना हजूरका शत्रुहरूलाई र यसको अर्थ हजूरका विरोधीहरूलाई लागू हुने भए त हुनेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दानिएल (जसलाई बेलतसजर पनि भनिन्छ) केही बेर साह्रै विचलित भए; अनि तिनको सोचले तिनलाई भयभीत तुल्यायो। यसकारण राजाले भने, “बेलतसजर, सपना र यसको अर्थले तिमीलाई विचलित नपारोस्।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यदि यो सपना हजुरका शत्रुहरूका निम्ति र यसको अर्थ हजुरका विरोधीहरूका निम्ति भइदिए त हुनेथियो!
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दानियल केही समय सम्म चुपचाप बसे। उसले केही कुरा सोची रहेको थिए, त्यसले उसलाई व्याकुल बनाइरहेको थियो। तब राजाले भने, “बेलतसजर (दानियल), तिमी त्यो सपना अथवा त्यो सपनाको अर्थदेखि भयभीत नहोऊ।” यसमा बेलतसजरले (दानियल) उत्तर दिए, “मेरा स्वामी, खाश यो सपना तपाईंका शत्रुहरूमाथि आवोस् अनि यसको अर्थ जो तपाईंको विरोधी छन् उनीहरूले प्राप्त गरून्।