Daniel 4:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका पातहरू सुन्‍दर र फल संसारका सबै जनालाई खान पुग्‍नेथियो। त्‍यसको ओतमुनि जङ्गली जनावरले बस्‍ने ठाउँ पाउँथे र त्‍यसका हाँगाहरूमा पंक्षीहरूले गुँड लाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन्‍दर पातहरू र प्रशस्‍त फलहरूसहित जसले सबैलाई खाना दिन्‍थ्‍यो, वनका पशुहरूलाई छहारी दिन्‍थ्‍यो, र जसका हाँगाहरूमा आकाशका चराहरूका लागि गुँड़हरू थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसका सुन्दर पातहरू थिए, र फलहरू प्रशस्त थिए; जसले सबैका निम्ति भोजन उपलब्ध गरिदिन्थ्यो; जसले जङ्गलका पशुहरूलाई आश्रय दिन्थ्यो, र त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्गीहरूका निम्ति गुँड बनाएर बस्‍ने ठाउँ थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसका पातहरू सुन्दर थिए, त्यसमा फल प्रशस्तै थियो, त्यसको हाँगामा फलेको फलले सबैका लागि खान पुग्थ्यो अनि त्यसको छहारी मुनि सबै जङ्गली पशुहरू बस्थे। अनि त्यसको हाँगामा चराले गुँड बनाएको थियो।