Daniel 4:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“महाराज, त्यो अग्लो र बलियो रूख तपाईं हुनुहुन्छ। तपाईं बढेर यति महान् हुनुभएको छ कि आकाशसम्मै पुग्नुभएको छ र तपाईंको शक्ति सारा संसारमा फैलिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे महाराजा, हजूर नै त्यो रूख हुनुहुन्छ। हजूर महान् र शक्तिशाली हुनुभएको छ, हजूरको महानता बढ़ेर आकाशसम्मै पुगेको छ, र हजूरको प्रभुत्व पृथ्वीको पल्लो छेउसम्मै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे महाराजा, त्यो रूख त हजुर नै हुनुहुन्छ! हजुर महान् र पराक्रमी हुनुभएको छ; हजुरको महानताले आकाशै छोएको छ; अनि हजुरको प्रभुत्व पृथ्वीको टाढा-टाढाका ठाउँहरूसम्मै फैलिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
“हे राजा त्यो रूख तपाईं नै हो। तपाईं बढेर शक्तिशाली हुनु भयो। तपाईंको धन सम्पत्ति बढ्यो। तपाईंको शक्ति बढेर स्वर्ग सम्म पुग्यो। तपाईंको प्रभुत्व बढेर पृथ्वीको पल्लो छेउ सम्म छ।