Daniel 4:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानव-समाजबाट हजुर धपाइनुहुनेछ र जङ्गली जनावरहरूसित बास गर्नुहुनेछ। सात वर्षसम्‍म हजुरले गोरुले झैँ घाँस खानुहुनेछ र खुल्‍ला मैदानमा सुत्‍नुहुनेछ र शीत हजुरमाथिपर्नेछ। त्‍यसपछि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्‍यमाथि अधिकार गर्नुहुन्‍छ र ती राज्‍य उहाँले आफूले चुनेका कुनै पनि मानिसको हातमा दिनुहुन्‍छ भनी हजुरले स्‍वीकार गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूर मानिसहरूबाट निकालिनुहुनेछ र जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ, गाईबस्‍तुहरूझैँ हजूरले घाँस खानुहुनेछ र आकाशको शीतले हजूर भिज्‍नुहुनेछ। हजूरको लागि सात काल बित्‍नेछ, जबसम्‍म हजूरले यो जान्‍नुहुन्‍न कि मानिसहरूका राज्‍यमाथि सर्वोच्‍चकै सर्वाधिकार छ र उहाँले इच्‍छा गर्नुभएको कसैलाई पनि ती राज्‍यहरू दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हजुर मानिसहरूका बीचबाट धपाइनुहुनेछ र जङ्गली जनावरहरूका साथमा बस्‍नुहुनेछ; हजुरले गाईबस्तुहरूझैँ घाँस खानुहुनेछ र आकाशको शीतद्वारा हजुर भिजाइनुहुनेछ। सर्वोच्‍च परमेश्‍वरले पृथ्वीमा भएका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफूले चाहेको जोसुकैलाई पनि ती राज्यहरू दिन सक्नुहुन्छ भनी हजुरले स्वीकार नगर्नुभएसम्म हजुरका निम्ति सात काल बित्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
राजा नबूकदनेस्सरले तपाईंलाई तपाईंको मानिसहरूबाट जबर्जस्ती टाडो पठाउनेछ, तपाईं जङ्गली जनावरहरूको बीचमा बस्नु हुनेछ। तपाईंले गाई गोरूले जस्तो घाँस खानु हुनेछ अनि तपाईं शीतले भिज्नु पर्नेछ। सात वर्ष सम्म यही प्रतिक्रिया दोहोरिनेछ। जब सम्म तपाईंले यो कुरा बुझ्नुहुने छैन, कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि सर्वधिकार गर्नुहुन्छ उहाँले जसलाई इच्छा गर्नु हुन्छ उसैलाई नै राज्य दिनुहुन्छ।