Daniel 4:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ हे महाराज, मेरो सल्‍लाहअनुसार गर्नुहोस्। पाप गर्न छोड्‍नुहोस्, असल काम गर्नुहोस् र अत्‍याचार भएकाहरूमाथि दया गर्नुहोस्। त्‍यसो गर्नुभए हजुरको उन्‍नति भइरहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हे महाराजा, मेरो सल्‍लाह लिन हजूर मन्‍जूर गर्नुहोस्, सत्य कर्म गरेर आफ्‍ना पापलाई त्‍याग्‍नुहोस्‌ र अत्‍याचारमा परेकाहरूलाई दया देखाएर आफ्‍नो दुष्‍टतालाई छोड्‌नुहोस्‌। हुन सक्‍छ, त्‍यसपछि हजूरको ऐश्‍वर्य कायम रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हे महाराजा, कृपया मेरो सल्‍लाह मान्‍नुहोस्: जे ठिक र न्यायसङ्गत छ, त्यही गरेर हजुरले आफ्ना पापहरू त्यागिदिनुहोस्; अनि अत्याचारमा परेकाहरूप्रति दयालु भएर हजुरले आफ्नो दुष्‍टता त्यागिदिनुहोस्। हुन सक्छ त्यसपछि हजुरको समृद्धि रहिरहनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण, राजा, दया गरेर मेरो सल्लाह स्वीकार्नु होस् आफ्नो पाप त्यागेर धर्म पट्टि लाग्नुहोस्, अत्यचारमा परेकाहरूलाई दया देखाएर गरीब मानिस प्रतिको अधर्म त्याग्नु होस्, त्यसो गर्नाले लामो समय सम्म सफल र शान्ति प्रिय हुनुहुनेछ।”