Daniel 4:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती कुरा तुरुन्तै पूरा भए। नबूकदनेसर मानव-समाजबाट धपाइए र तिनले गोरुले झैँ घाँस खान थाले। शीत उनको जिउमा पर्यो र उनका केश चिलका प्वाँखझैँ र नङ्ग चराका नङ्ग्राझैँ लामा-लामा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नबूकदनेसरको बारेमा जो कुरो भनिएको थियो, तुरुन्तै पूरा भयो। उनी मानिसहरूबाट धपाइए र उनले गाईबस्तुले झैँ घाँस खान थाले। उनको रौँ चीलका प्वाँखजस्तै र उनका नङहरू चराका नङ्ग्राहरूजस्तै नहोउञ्जेल उनको शरीर आकाशको शीतले भिज्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नबूकदनेसरको बारेमा जे कुरा भनिएको थियो, त्यो तुरुन्तै त्यही घडी पूरा भयो। राजा मानिसहरूबाट धपाइए र तिनले गाईबस्तुले झैँ घाँस खाए। तिनको केश चीलका प्वाँखहरूझैँ लामा र तिनका नङहरू चराका नङ्ग्राहरूजस्ता लामा नभएसम्म तिनको शरीरलाई आकाशका शीतले भिजाइरहे।
Nepali ERV (पवित्र बाइबल)
फेरि तुरून्तै यो घटना घट्यो, नबूकदनेस्सर मानिसहरूबाट निकालिए, उनले गाईले जस्तो घाँस खान थाले र उनको शरीर आकाशको शीतले भिज्यो, उनको कपाल लामो, गीद्धको प्वाख जस्तो भयो अनि उनको नङ्गहरू चीलका नङ्गा जस्तै लामा लामा भए।