Daniel 4:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसर राजाले भने, “सात वर्ष बितिसकेपछि मैले आकाशतिर हेरें र मेरो होश फर्क्यो, मैले सर्वोच्च परमेश्वरको प्रशंसा गरें र उहाँलाई, जो सदासर्वदा जीवित हुनुहुन्छ, आदर र महिमा दिएँ। “उहाँले सदासर्वदा राज्य गर्नुहुन्छ र उहाँको राज्य अनन्तकालसम्म रहिरहन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो समयको अन्तमा म, नबूकदनेसरले आफ्नो आँखा उठाएर स्वर्गतिर हेरे, र मेरो होश फर्क्यो। तब मैले सर्वोच्चको प्रशंसा गरें, सदासर्वदै जिउनुहुने उहाँलाई मैले आदर र महिमा गरें। उहाँको प्रभुत्व अनन्तको प्रभुत्व हो, उहाँको राज्य पुस्तादेखि पुस्तासम्म रहिरहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस सात कालको अन्त्यमा, म नबूकदनेसरले मेरा आँखा स्वर्गतिर उठाएँ, तब मेरो समझ पहिलेजस्तै स्वस्थ र ठिक भयो। तब मैले सर्वोच्च परमेश्वरको प्रशंसा गरेँ; मैले सदासर्वदै रहनुहुने परमेश्वरलाई आदर र महिमा दिएँ। उहाँको राज्य अनन्तको राज्य हो; उहाँको राज्य पुस्तादेखि पुस्तौँसम्म रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिए मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ। परमेश्वरले सदा सर्वदा शासन गर्नुहुन्छ। उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।