Daniel 4:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“र अब म नबूकदनेसर स्‍वर्गको राजालाई प्रशंसा, सम्‍मान र महिमा दिन्‍छु। उहाँले गरेका सबै काम उचित र न्‍यायपूर्ण छन् र उहाँले घमण्‍डी मानिस जोसुकैलाई पनि होच्‍याउन सक्‍नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब म, नबूकदनेसरले स्‍वर्गका महाराजाको प्रशंसा, बढ़िबढ़ाउ र महिमा गर्दछु, किनभने उहाँले जे गर्नुहुन्‍छ ठीक गर्नुहुन्‍छ, र उहाँका सबै मार्गहरू न्‍यायसङ्गत छन्‌। अनि उहाँले घमण्‍डीहरूलाई नम्र बनाउन सक्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले म, नबूकदनेसरले स्वर्गको राजालाई प्रशंसा दिन्छु, उच्‍च पार्छु र महिमा दिन्छु; किनकि उहाँले गर्नुहुने सबै कुरा ठिक छन्, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्ड गरेर हिँड्नेहरूलाई नम्र तुल्याउन सक्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सँधै न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहँकारीहरूलाई विनम्र प्रदान गर्ने क्षमता छ।