Daniel 4:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले एउटा भयङ्कर सपना देखें र सुतेको बेलामा डरलाग्दा दर्शनहरू पाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले एउटा यस्तो सपना देखें, जसले मलाई भयभीत तुल्यायो। जसै म ओछ्यानमा ढल्किरहेको थिएँ, मेरो मनमा आएका कल्पनाहरू र दर्शनहरूले गर्दा म तर्सिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले एउटा सपना देखेँ, जसले मलाई भयभीत तुल्यायो। जब म आफ्नो ओछ्यानमा ढल्किरहेको थिएँ, तब मेरो मनमा आइरहेका आकृति र दर्शनहरूले मलाई त्रसित तुल्याइदिए।
Nepali ERV (पवित्र बाइबल)
मैले यस्तो सपना देखें, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन् देखें, ती कुराहरूले मलाई एकदमै दुःखीत बनायो।