Daniel 4:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दानिएल मकहाँ आए। (जसको नाम मेरो आफ्‍नो देवताको नामअनुसार बेलतसजर पनि थियो।) पवित्र परमेश्‍वरको आत्‍मा उनीसित थिए। मैले उनलाई आफ्‍नो सपना बताएँ र भनें,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍तमा दानिएल मकहाँ आए र मैले तिनलाई सपना बताइदिएँ। (तिनको नाउँ मेरो देवताको नाउँजस्‍तै बेलतसजर हो, र पवित्र देवताहरूको आत्‍मा तिनमा छ।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अन्तमा, दानिएल मेरो सामु आए, जसलाई मैले मेरो सपना बताएँ। (जसको नाम मेरो देवताको नामअनुसार बेलतसजर हो, र जसभित्र पवित्र देवताहरूको आत्मा छ।)
Nepali ERV (पवित्र बाइबल)
तब अन्तमा दानियल मेरो अघि आए। मैले दानियललाई मेरा देवताको सम्मानमा बेलतसजर नाउँ राखें। उसित देवताहरूको आत्मा थियो। यसकारण मैले आफ्नो सपना उसलाई बताएँ।