Daniel 4:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ज्‍योतिषीहरूमध्‍ये सर्वप्रधान, ए बेलतसजर, म जान्‍दछु कि पवित्र परमेश्‍वरको आत्‍मा तिमीसित छन् र तिमी सबै रहस्‍यहरू जान्‍दछौ। मेरो सपना यस्‍तो छ, तिमीले त्‍यसको अर्थ मलाई बताइदेऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भने, “हे बेलतसजर, जादूगरहरूका प्रमुख, म जान्‍दछु कि तिमीमा पवित्र देवताहरूको आत्‍मा छ, र तिम्रो लागि कुनै पनि रहस्‍य अप्‍ठ्यारो छैन। सपना यही हो, यसको अर्थ मलाई बताइदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भनेँ, “हे बेलतसजर, सबै ज्ञानी मानिसहरूका प्रमुख, पवित्र देवताहरूको आत्मा तिमीमा छ, र कुनै पनि रहस्यमय कुरा तिम्रो निम्ति कठिन छैन भनी म जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
“बेलतसजर (दानियल) तिमी सबै तांत्रिकहरूमा सर्वश्रेष्ठ हौ, मलाई थाहा छ कि तिमीमा ईश्वरीय आत्मा बास गर्छ, अनि कुनै पनि रहस्य बुझ्न तिमीलाई अफ्ठ्यारो पर्दैन। मलाई यसको अर्थ भन, जुन सपना मैले देखें।