Daniel 5:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दानिएलले उत्तर दिए, “हजुरका उपहारहरू हजुरसितै रहोस् अथवा अरू कसैलाई दिनुहोला। हजुरको निम्‍ति म भित्तामा के लेखिएको छ, सो पढिदिनेछु र त्‍यसको अर्थ हजुरलाई बताइदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दानिएलले राजालाई उत्तर दिए, “हजूरका उपहारहरू हजूर आफै राख्‍नुहोस्‌ र हजूरका इनामहरू अरू कसैलाई दिनुहोस्‌। तापनि महाराजाको लागि यो लेखोट पढ़िदिनेछु र यसको अर्थ बताइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दानिएलले राजालाई जवाफ दिए, “हजुरका उपहारहरू हजुरसँगै रहून्, र हजुरका पुरस्कारहरू अरू कसैलाई दिनुहोस्। तथापि, म राजाको निम्ति लेखोट पढ्नेछु, र तपाईंलाई लेखोटको अर्थ बताइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि दानियलले उत्तर दिए, “तपाईंको उपहारहरू तपाईंनै राख्नु होस्, अनि आफ्ना उपहारहरू अरूलाई नै दिनु होस्। तर म यो लेखौट पढेर तपाईंलाई यसको अर्थ खोलि दिन्छु।