Daniel 5:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-4] सुनका कचौराहरू र बटुकाहरू ल्‍याइए र तीबाट सबैले दाखमद्य पिउँदै सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उनीहरूले सुनका भाँड़ाहरू ल्‍याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्‍दिरबाट ल्‍याइएका थिए, र राजा र उनका भारदारहरू, उनका श्रीमतीहरू र रखौटीहरूले तीबाट पिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए।