Daniel 6:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि राजा महलमा फर्केर गए र केही नखाई, केही मनोरञ्‍जन नगरी रातभरि जागा बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजा आफ्‍नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्‍जनविना नै उनले त्‍यो रात बिताए। अनि उनलाई निद्रा लागेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्।