Daniel 6:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ पुगेर राजाले चिन्तित भई भने, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले भक्तिसाथ पुजेका परमेश्वरले तिमीलाई सिंहहरूका मुखबाट बचाउनुभयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?”
Nepali ERV (पवित्र बाइबल)
राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?”