Daniel 6:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू दुई मन्त्री र बडा-हाकिमहरूभन्दा दानिएलमा अझ राम्ररी काम गर्ने योग्यता देखिएकोले राजाले उनलाई सारा राज्यको शासक नियुक्त गर्ने विचार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब दानिएलले असाधारण गुणहरूद्वारा आफैलाई ती अध्यक्षहरू र प्रान्तका बड़ाहाकिमहरूका बीचमा यस्तो फरक देखाए कि राजाले तिनलाई सम्पूर्ण राज्यको शासक नियुक्त गर्ने योजना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दानिएलले आफ्ना अद्वितीय गुणहरूद्वारा ती प्रशासकहरू र राज्यपालहरूमध्ये आफूलाई अरूभन्दा राम्रो योग्यता देखाएका हुनाले राजाले तिनलाई सम्पूर्ण राज्यमाथि शासक नियुक्त गर्ने विचार गरे।
Nepali ERV (पवित्र बाइबल)
चाँडै दानियलले आफूलाई राम्रो चरित्र अनि धेरै योग्यता भएको देखाए। यसकारण, राजाले उनलाई सारा राज्यमा शासक बनाए।