Daniel 6:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरको राज्यमा शासन गर्न खटाइएका हामी सबै मन्त्रीहरू, बडा-हाकिमहरू, सहायक-हाकिमहरू र अरू भारदारहरूले यस्तो मतो गरेका छौं कि हजुरले अब एउटा आदेश दिनुपर्यो र त्यसलाई ठीकसित पालन गर्न लाउनुपर्यो। हजुरलाई बाहेक अरू कुनै देवता वा मानिसलाई तीस दिनसम्म केही प्रार्थना चढाउन पाइनेछैन भनी आदेश दिनुहोस्। कसैले त्यो आदेश पालन गरेन भने त्यसलाई सिंहको खोरमा फालियोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजकीय अध्यक्षहरू, प्रान्तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, र सल्लाहकारहरू, सबैले यो मन्जूर गरेका छन्, कि राजाले एउटा आदेश निकाल्नुपर्छ र त्यस आदेशलाई लागू गर्नुपर्छ, जसअनुसार आगामी तीस दिनसम्म हजूरबाहेक कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गरे भने, हे महाराजा त्यस्ता व्यक्ति सिंहको खोरमा फालिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्।
Nepali ERV (पवित्र बाइबल)
राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्।