Daniel 7:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दश वटा सिङचाहिँ त्‍यो साम्राज्‍यमाथि शासन गर्ने दश राजाहरू हुन्। त्‍यसपछि अर्को एक जना राजा खडा हुनेछ, त्‍यो अघिअघिका राजाहरूभन्दा भिन्‍नै हुनेछ र त्‍यसले तीन जना राजाहरूलाई पराजित गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दश सीङहरू त्‍यस राज्‍यबाट आएका दश राजाहरू हुन्‌। त्‍यसपछि पहिलेको भन्‍दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दश वटा सिङहरू यस राज्यबाट आउने दश राजाहरू हुन्। त्यसपछि पहिलेको दश राजाभन्दा फरक अर्को एउटा राजा खडा हुनेछ; त्यसले तीन वटा राजाहरूलाई आफ्नो अधीनमा पार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो दशबटा सीङले दशजना राजाहरू यस राज्यबाट खडा गर्नेछ। अनि त्यसपछि अर्को एउटा राजा खडा हुनेछ। त्यो चाहिँ अघिका राजाहरू भन्दा बेग्लै हुनेछ। त्यसले तीन राजाहरूलाई परास्त गर्नेछ।