Daniel 7:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वीका सबै राज्‍यहरूका शक्ति र महान्‌ता सर्वोच्‍च परमेश्‍वरका पवित्र जनहरूको हातमा दिइनेछ। उहाँको राज्‍य-शक्तिको कहिल्‍यै अन्‍त्‍य हुनेछैन र पृथ्‍वीका सबै शासकहरूले उहाँको सेवा गर्नेछन् र आज्ञापालन गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सम्‍पूर्ण स्‍वर्गमुनिका राज्‍यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्‍चका मानिसहरू, अर्थात्‌ पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्‍य अनन्‍तको राज्‍य हुनेछ, र सबै शासकहरूले उहाँको आराधना र आज्ञापालन गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई स्वर्गमुनिका सबै राज्यहरूका सार्वभौम, शक्ति र महानता सुम्पिइनेछन्। उहाँको राज्य अनन्तको राज्य हुनेछ; अनि सबै शासकहरूले उहाँलाई दण्डवत् गर्नेछन् र उहाँको आज्ञापालन गर्नेछन्।’
Nepali ERV (पवित्र बाइबल)
अनि राज्यधिकार र सर्वाधिकार र स्वर्ग मुनिका सारा राज्यहरूको महिमा सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूको राज्यधिकार सदा सर्वदा हुनेछ। अनि सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन् र तिनीहरूकै आज्ञा पालन गर्नेछन्।’