Daniel 7:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिलो जन्‍तु सिंहजस्‍तो देखिन्‍थ्‍यो; तर त्‍यसको चिलका जस्‍ता पखेटाहरू थिए। मैले हेर्दा-हेर्दै ती पखेटाहरू उखेलिए। त्‍यो जन्‍तु उचालियो र मानिसझैँ दुई खुट्टामा उभ्‍याइयो अनि त्‍यसलाई मानिसको मन दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पहिलोचाहिँ सिंहजस्‍तै थियो, र त्‍यसका पखेटाहरू चीलका जस्‍तै थिए। त्‍यसका पखेटाहरू नचुँड़ाएसम्‍म मैले हेरिरहें, र त्‍यो मानिसजस्‍तै दुई खुट्टाले उभिने गरी जमिनबाट उठ्यो र त्‍यसलाई एक जना मानिसको हृदय दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पहिलो पशु सिंहजस्तै थियो, र त्यसका पखेटाहरू चीलका जस्तै थिए। त्यसका पखेटाहरू नउखेलिउन्जेल मैले हेरिरहेँ; अनि त्यो भुइँबाट माथि उठाइयो। त्यसपछि त्यो पशु मानिसझैँ दुई खुट्टामा उभियो र त्यसलाई मानिसको हृदय दिइयो।
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पंखेटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पंखेटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दुइ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो।