Daniel 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले हेर्दा-हेर्दै तेस्रो जन्‍तु देखा पर्‍यो। त्‍यो हेर्दा चितुवाझैँ देखिन्‍थ्‍यो तर त्‍यसको ढाडमा चराको झैँ चार वटा पखेटा थिए र त्‍यसका चार वटा टाउका थिए। त्‍यसलाई अख्‍तियार दिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यसपछि मैले हेरें, र त्‍यहाँ मेरो अगि अर्को पशु थियो, जुनचाहिँ चितुवाजस्‍तै देखिन्‍थ्‍यो। अनि त्‍यसको पिठिउँमा चराको जस्‍तै चार वटा पखेटाहरू थिए। त्‍यस पशुका चार वटा टाउकाहरू थिए, र त्‍यसलाई शासन गर्ने अधिकार दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि मैले मेरो सामु अर्को पशु देखेँ, त्यो चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराका जस्तै चार वटा पखेटाहरू थिए। त्यस जनावरका चार वटा शिरहरू थिए; अनि त्यसलाई चाहिँ शासन गर्ने अधिकार दिइयो।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि मैले देखें त्यहाँ मेरो सामुन्ने अर्को पशु थियो। त्यो एउटा चितुवा जस्तो थियो अनि त्यसका चारवटा पंखेटाहरू अनि चारवटा टाउकाहरू थिए। यसलाई शासन गर्ने अधिकार स्वीकार गरिएको थियो।