Daniel 8:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनहुँ बलि चढाउनको सट्टामा मानिसहरूले त्यहाँ पाप गर्न थाले र साँचो धर्मलाई भूइँमा लत्त्याए। त्यसले गरेको सबै काममा त्यो सिङ सफल भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विद्रोहको कारणले पवित्र जनहरूका सेना र दैनिक बलिदान त्यसलाई सुम्पियो। त्यसले गरेका सबै काममा त्यो सफल भयो, र सत्यलाई भूइँमा फ्याँकियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विद्रोहको कारण याहवेहका मानिसहरूको र दैनिक चढाइने बलि त्यस सिङलाई सुम्पियो। त्यस सिङले जे गरे तापनि त्यसको उन्नति भयो र सत्य व्यवस्थाचाहिँ भुइँमा फालियो।
Nepali ERV (पवित्र बाइबल)
अनुचित रीतिले नै जन-समुदाय अनि दैनिक भेंटीहरू त्यस समक्ष त्यसले चाहे अनुसार गर्न सुम्पियो। यसले सत्यलाई भूईमा फ्याँकिदियो। त्यो आफ्नो प्रत्येक कार्यमा सफल भयो।