Daniel 8:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी बोल्दैगर्दा म अचेत भएर भूइँमा लडें र उनले मलाई समातेर उभ्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मसँग बोल्दैगर्दा, मेरो अनुहार भूइँमा थियो र म मस्त निद्रामा थिएँ। तब तिनले मलाई छोएर मेरो खुट्टामा उभ्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी मसित बोलिरहेका थिए, तब म मेरो अनुहार भुइँमा घोप्टिएको अवस्थामा घोर निद्रामा परेको थिएँ। तब तिनले मलाई छोए, र मलाई आफ्नो खुट्टामा उभिन लगाए।
Nepali ERV (पवित्र बाइबल)
ऊ बोल्दा बोल्दै म भुइँमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए।