Daniel 8:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “परमेश्‍वरको क्रोधको नतिजा के हुनेछ, त्‍यो म तिमीलाई देखाउँदै छु। यस दर्शनको सम्‍बन्‍ध अन्‍त्‍यको समयसित छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “क्रोधको समयमा पछि के हुनेछ, म तिमीलाई बताउन लागिरहेछु, किनभने दर्शनले तोकिएको अन्‍तको समयलाई बताउँदछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने: “हेर, म तिमीलाई क्रोधको अन्त्यको समयमा के हुनेछ भनी बताउनेछु; किनकि यो दर्शन अन्त्यको तोकिएको समयको विषयमा हो।
Nepali ERV (पवित्र बाइबल)
गाब्रियलले भने, “हेर म तिमीलाई भन्छु क्रोधको अन्त के हुनेछ। किनभने तोकिएको समयमा अन्त हुनेछ।