Daniel 8:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दर्शनमा मैले आफैंलाई अचानक एलाम प्रान्तको शूशन सहरमा पाएँ। शूशन सहरलाई चारैपट्टि पर्खालले घेरेको थियो। म ऊलै नदीको छेउमा उभिरहेको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो दर्शनमा मैले आफैलाई एलाम प्रदेशको शूशनको किल्लामा देखें; दर्शनमा म ऊलै नहरको छेउमा थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो दर्शनमा मैले आफैँलाई एलाम प्रान्तको राजधानी शूशनको किल्लामा देखेँ; मेरो दर्शनमा म ऊलै नहरको किनारमा थिएँ।
Nepali ERV (पवित्र बाइबल)
मैले यो दर्शनमा देखें कि म शूशन शहरमा थिएँ। शूशन एलाम प्रान्तको राजधानी थियो। मेरो दर्शनमा म ऊलै नदीको किनारमा थिएँ।