Daniel 8:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो शक्तिशाली बन्नेछ तर आफ्नै पौरखले चाहिँ होइन। त्यसले डरलाग्दो विध्वंस मच्चाउनेछ र जुन काममा त्यसले हात हाल्छ त्यसमा सफल हुनेछ। त्यसले बलिया-बलिया मानिसहरू र परमेश्वरका प्रजामाथि विनाश ल्याउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो धेरै बलवान् हुनेछ, तर त्यसको आफ्नो शक्तिले होइन। त्यसले अचम्मको विध्वंस ल्याउनेछ, र जे गर्छ त्यसमा सफल हुनेछ। त्यसले शक्तिशाली मानिसहरू र पवित्र जनहरूलाई नाश गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो अति शक्तिशाली हुनेछ, तर आफ्नै सामर्थ्यद्वारा त होइन। त्यसले डरलाग्दो विध्वंस ल्याउनेछ, र आफूले गरेको जुनसुकै काममा पनि त्यो सफल हुनेछ। त्यसले पराक्रमी मानिसहरू र पवित्र मानिसहरूलाई नाश गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसको शक्ति महान हुनेछ, त्यसले अवर्णनीय विध्वंश ल्याउने छ। आफूले गरेको जुनसुकै काममा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला जाति र पवित्र मानिसहरूमा विध्वंश ल्याउने छ।