Daniel 9:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा शासकहरू र हामीलाई जे गर्छु भनी भन्नुभएको थियो, त्यो पूरा गर्नुभयो। तपाईंले यरूशलेमलाई संसारको अरू कुनै सहरमा नपरेको कठोर दण्ड दिनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीमाथि ठूलो विपत्ति ल्याएर हाम्रा विरुद्धमा र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू तपाईंले पूरा गर्नुभएको छ। यरूशलेमसित आकाशमुनि कहिल्यै नगरिएको व्यवहार गरिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले हाम्रा र हाम्रा शासकहरूका विरुद्धमा बोलिएका वचनहरू हामीमाथि ठूलो विपत्ति ल्याएर पूरा गर्नुभएको छ। आकाशमुनि सारा संसारभरि कहिल्यै पनि नआएको विपत्ति यरूशलेममाथि आयो।
Nepali ERV (पवित्र बाइबल)
“हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ।