Daniel 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मोशाको व्‍यवस्‍थामा वर्णन गरिएका सबै दण्‍डहरू हामीमाथि खन्‍याउनुभयो; तर अझै पनि हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीले आफ्‍ना पाप त्‍यागेर वा तपाईंको सत्‍यकोपछि लागेर तपाईंलाई खुसी पार्ने काम गरेका छैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाको व्‍यवस्‍थामा लेखिएजस्‍तै यी सबै विपत्ति हामीमाथि आएका छन्, तैपनि आफ्‍ना पापदेखि फर्की तपाईंको सत्‍यतालाई ध्‍यान दिएर हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कृपा खोजेका छैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाको व्यवस्थामा लेखिएको जस्तै हामीमाथि सबै विपत्तिहरू आएका छन्, तापनि हामीले आफ्ना पापहरू त्यागेर तपाईंको सत्यतामा ध्यान दिएर हामीले याहवेह आफ्ना परमेश्‍वरको निगाह खोजेका छैनौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीमाथि आएका सबै विपत्तिहरू मोशाको व्यवस्थाको पुस्तकमा पहिलानै लेखिएका थिए तर पनि हामीले आफ्ना परमेश्वरको सम्मानमा केही गरेका छैनौं। आफ्नो अधर्मको कामबाट हामीले पश्चाताप गरेनौ तपाईं आफ्नो वचनमा प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरामा हामीले ध्यानै दिएनौ।