Daniel 9:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईं हामीलाई दण्ड दिन तयार हुनुहुन्थ्यो र दण्ड दिनु पनि भयो किनभने तपाईंले जे ठीक छ, त्यही कुरा गर्नुहुन्छ र हामीले चाहिँ तपाईंको वचन पालन गरेनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीमाथि विपत्ति ल्याउन परमप्रभु अनकनाउनुभएन, किनभने परमप्रभु हाम्रा परमेश्वर उहाँले गर्नुहुने सबै कुरामा धर्मी हुनुहुन्छ। तापनि हामीले उहाँको आज्ञा मानेका छैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामीमाथि विपत्ति ल्याउनलाई याहवेह हिच्किचाउनुभएन; किनकि याहवेह हाम्रा परमेश्वरले गर्नुहुने सबै कुरामा उहाँ धर्मी हुनुहुन्छ; तापनि हामीले उहाँका आज्ञाहरू पालन गरेका छैनौँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनु भयो। आफूले गर्नु भएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठीक हुनुहुन्छ तर पनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं।